एनएमबी बैंक लुटपाटः अझै पक्राउ परेनन् लुटेरा, कर्मचारी र सुरक्षा गार्डमाथि निगरानी
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १४:०:११
१९ जेठ, काठमाडौं । महोत्तरीस्थित महोत्तरी गाउँपालिका–२ मा सञ्चालित एनएमबी बैंकको शाखामा भएको लुटपाटका संलग्न लुटेरा अझै पक्राउ पर्न सकेका छैनन् ।
बारे प्रहरीले सूक्ष्म ढंगबाट अनुसन्धान थालेको छ । गत मंगलबार अपरान्ह साढे १२ बजे बैंकभित्र प्रवेश गरेर पेस्तोलसहितका हतियारधारी समूहले कर्मचारीलाई नियन्त्रणमा लिई रकम लुटपाट गरेका थिए ।
प्रहरीका अनुसार बैंकबाट ३५ लाख रुपैयाँ लुटपाट भएको हो । महोत्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बैंक लुटपाटको घटनामा कोही पनि पक्राउ नपरेको र सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए । पछिल्लो चरणमा बैंकका कर्मचारी र सुरक्षा गार्डमाथि निगरानी गर्ने काम भइरहेको सुरक्षा स्रोतले जनायो ।
लुटपाटको भिडियो रेकर्ड प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । लामो समयको रेकीपछि र कम संख्यामा ग्राहक भएको अवस्थामा लुटपाट भएको अनुमान प्रहरीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार