मैले प्रधानमन्त्री मोदीसँग सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेको छुः प्रचण्ड

नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १४:१६:२०

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवाद कायम राखेर नेपाल र भारतबीचको सम्बन्ध उच्चाइमा नपुग्ने कुरा राखेको बताएका छन् । चारदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँगको वार्ताका क्रममा आफूले सीमा विवाद चाँडो समधान गर्नुपर्ने बताएको बताए ।
बुधबार नयाँ दिल्ली आइपुगेका उनी राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानी गरेका छन् । सो क्रममा आफूले भारतीय समकक्षी मोदीलाई सीमा विवाद थाती राखेर दुई देशबीच सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको जानकारी दिए ।
आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’
आफूसँगको भेटवार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग कुरा गर्दै मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उहाँले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नु भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार