सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिट दर्ता, प्रारम्भिक सुनुवाइ आइतबार
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १५:३:५७
१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदम विरुद्ध परेको रिट दर्ता गरेको छ । वरिष्ठ अधिवक्ता द्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका छन् । रिटमा प्रारम्भिक सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ ।
रिटमा अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ । रिटमा टुंगो नलाग्दा सम्म नागरिकता ऐन, २०६३ को दफा ९ मार्फत मात्र नागरिकता वितरण गरिनुपर्ने माग उक्त रिट निवेदनमा छ ।
नागरिकता प्राप्त गर्न नसकी अध्ययन गर्न, पेसा व्यवसाय गर्न अप्ठ्यारोमा परेका नेपाली नागरिक पहिचान गरी अस्थायी निस्सा प्रदान गर्न माग गरिएको छ । करिब साढे ८ महिनादेखि शीतलनिवासमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रावधानहरूको गलत रुपमा उद्धृत गरेको भन्दै त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।
गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा राष्ट्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा २, ३ र ४ अनि धारा ६६ अनुसार विधेयक प्रमाणीकरण गरेको भनी शीतलनिवासले विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार, ती कानुनी प्रावधानका साथै ‘सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत बमोजिम’ विधेयक प्रमाणीकरण भएको हो ।
सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको र आइतबार प्रारम्भिक सुनुवाइ हुने रिट निवेदनमा राष्ट्रपतिले उद्धृत गरेका यिनै संवैधानिक प्रावधानहरूमाथि प्रमुख प्रश्न उठाइएको छ । रिट निवेदनमा भनिएको छ, ‘यी संवैधानिक प्रावधान प्रयोग गरेर कुनै पनि विधेयक प्रमाणीकरण गर्न सकिँदैन। राष्ट्रपतिज्यूबाट यी धारा प्रयोग गरेर विधेयक प्रमाणीकरण गरेको कार्य आधारहीन र अवैधानिक छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार