१९ औं एसियाली खेलकुदको तयारी र व्यबस्थापनका लागि सचिवालय स्थापना
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १५:८:२२
१९ जेठ, काठमाडौं । एसियाली खेलकुदको तयारी र व्यबस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।
चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुल क्षेत्रको बिकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उहाले यस क्षेत्रमा बजेट कम हुन नलिन आफु लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए। उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए । उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भईरहेको बताए । विशेष तालिमका लागि बिशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने उनले बताए ।
सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे । आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार