कांग्रेस भोट पाएको तर विश्वास गुमाएको पार्टी बन्यो : गगन थापा
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १५:२६:१३
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी जनताको भाट पाएको तर विश्वास गुमाएको पार्टी बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कांग्रेसनिकट संचारकर्मीहरुको संगठन प्रेस युनियनको उपत्यका प्रदेशको अधिवेशनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै संघीय सांसद समेत रहेका महामन्त्री थापाले पार्टी तलतिर नभई माथितिर (नेतृत्वको मुख ताक्ने) फर्किने क्रम व्यापक बनेको भन्दै त्यसलाई परिवर्तन नगरेसम्म पार्टीमा सुधार नआउने बताए ।
निर्वाचनमा जनताले पार्टीलाई विश्वास गरेर भोट दिएपनि पार्टीले विश्वास बचाउन नसकेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरे । उनले पार्टीको विधानमा निकै फेरबदल गर्नुपर्ने आवश्यकता रहेको बताए । विधानकै कारण पार्टीका विभाग गठन गर्ने र पदाधिकारी पूर्णता दिने नेतृत्वमा भर पर्नुको विकल्प नरहेको उनले बताए । ‘पार्टी सभापतिले गोजीबाट कलम निकालेर साइन गरे विभागहरु गठन हुन्छन्, नत्र गोजीमै रहन्छन्’ उनले भने, ‘अब प्रणालीलाई चाँडो बदलेर सुधार गर्न सकेन भने कांग्रेस अर्को चुनावमा बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुग्नेछ ।’
खराब प्रणालीकै कारण पार्टी पंक्ति दाई भन्दै तलबाट माथितिर फर्कने र दाईको मुख हेर्ने परिपाटी बनेको उनको भनाइ छ । ‘खराब प्रणालीकै कारण खल्तीमा धन बोकेर आएका मान्छे कांग्रेसका सांसद बन्ने, केन्द्रीय सदस्य पनि बन्ने अवस्था बन्यो’ उनले भने, ‘यो अवस्थालाई उल्ट्याएर खर्लप्पै तलतिर फर्काइदिनुपर्छ । बल्ल कांग्रेसमा जीवन बिताएर बचाउनेहरुको योगदानको मूल्यांकन र सम्मान हुन्छ ।’ पार्टी वा जुनसुकै चुनावमा तलबाट उम्मेदवार छान्ने प्रणाली बनाउन आफूले पार्टीभित्र गुट अन्त्यको अभियान चलाइरहेको बताए ।
पार्टीमा दाईवाद हाबी भएकै कारण टिकटका बेला नाता र आफन्त लाभन्वित हुने र वषौंसम्म दुःख गर्ने इमान्दार नेताहरु वञ्चित हुने गरिएको उनले बताए ।
‘पार्टीभित्र दाइवादकै कारण दाइ हुँदा भाउजुलाई, दिदीले भिनाजुलाई, आमाले छोरीलाई, दाइले भाइलाई, बाउले छोरालाई टिकट बाँडे । जसको कसैले विरोध गर्न सकेनन्’ उनले भने, ‘विरोध गर्दा आफ्नो पाला नआउला भनेर डराउने मान्छेमा परिणत भयौं । तर अब त्यस्तो चल्दैन, पार्टीभित्र सुधार चाहने र सुधार रोक्ने २ गट मात्र रहनेछन् ।’
उनले आफू महामन्त्री भइकन पनि प्रदेश सरकार गठन जस्तो महत्वपूर्ण पहलमा थाहा पाउन नसकेको भन्दै आश्चर्य व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणिकरण, कैदीलाई माफी मिनाह जस्ता विषय संचारमाध्यमबाट थाहा पाएको बताए । ति सबै विषय सरकारका मुख्य दल कांग्रेसले जिम्मा लिने कुराले जनतामा पार्टीप्रति विश्वास टुट्ने क्रम बढेको उनको भनाइ छ ।
‘सत्ता र सरकार लागि पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यो गर्न थालियो । अब यसरी चल्दैन । मैले आफैंबाट परिर्वन सुरु गरेको छु, तपाई प्रेस युनियनमा आवद्ध संचारकर्मीहरुले पनि पहिला आफैंबाट बदल्न सुरु गरेर कांग्रेसलाई बीपी, गिरिजा कोइरालाले सोचेका पार्टी बनाउन आजैबाट लाग्नुपर्छ ।’ आफूले अहिलेसम्म नेतृत्वबाट भएको व्यवहार सहेको, तर अब नसहने उनले बताए ।
सत्ता र सरकारलाई मुख्य ठान्दा चुनावमा कांग्रेसका मतदाताले हसियाहथौडा, साइकल, कलम, छातामा भोट हाल्न विवश भएको भन्दै आगामी दिनमा त्यसलाई रोक्न पार्टी सुधारको अभियानले ठोस परिणाम दिने उनलेबताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार