तनहुँमा व्यवसायिकरूपमा ड्रागन खेती सुरु
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १५:३४:२७
१९ जेठ, तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यवसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यवसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताए । “गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा रू एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ”, उनले भने ।
कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताए । उनले भने, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिए । एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उनको भनाइ थियो ।
बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताए । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेको थियो । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भने, “फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु”, “केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।” फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उनले बताए ।
सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गर्नुभएकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएको हो । उनले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएको छ । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
जेठ १६, २०८१ बुधबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार