टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १५:५०:५९
१९ जेठ, मुम्बई । फिल्म ‘पठान’मा स्क्रिन सेयर गरेपछि अब दर्शक ‘करण अर्जुन’ फेम्ड अभिनेता शाहरुख खान र सलमान खानलाई फूल फ्लेज्ड भूमिकामा एकसाथ देख्न चाहन्छन् ।
यहीकारण यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै नयाँ स्पिाई थ्रिलर ‘टाइगर भर्सेस पठान’ बनाउने घोषणा गरिसकेको छ ।
फिल्ममा शाहरुखसँग अपोजिटमा दीपिका पादुकोण र सलमानको अपोजिटमा कटरिना कैफको अभिनय रहनेछ । कटरीना र दीपिका स्पाई एजेन्टको भूमिकामा देखिनेछन् ।
फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ । उनले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । बलिउडमा कुनै पनि निर्देशकले पाएको यो पारिश्रमिक अहिलेसम्म कै सर्वाधिक महंगो हो ।
फिल्ममा आदित्य चोपडाको लेखन छ । फिल्मको छायांकन सन् २०२४ बाट सुरु हुनेछ भने रिलिज २०२५ मा हुनेछ ।
रोचक कुरा के छ भने सिद्धार्थले प्रभासको फिल्म ‘मैत्री’का लािग ६५ करोड रुपैंयाँको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर उनले त्यसभन्दा अघि ‘टाइगर भर्सेस पठान’लाई अगाडि बढाउने निर्णय लिएका छन् ।
‘शाहरुख र सलमानलाई एकै फिल्ममा निर्देशन गर्न पाउनु फिल्म निर्देशकका लागि एउटा सपना नै हो । कोही पनि यो अवसरलाई गुमाउन चाहँदैनन्’, फिल्म निकट स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेता अनुपम खेरको अफिसमा चोरी
असार ७, २०८१ शुक्रबार
गर्भवती दीपिकालाई लिएर लन्डन हिँडे रणवीर
असार ६, २०८१ बिहिबार
राहुल मोदीको मायाजालमा परिन श्रद्धा कपुर
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार