शल्यक्रियाका क्रममा गर्भवती र शिशुको ज्यान गयो
लठ्याउने औषधी चलाउँदा मुटुको धडकन बन्द भएको चिकित्सकको भनाइ
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १६:२२:१३
१९ जेठ, काठमाडौं । मुगुमा बच्चा जन्माउन नसकेकी एक गर्भवतीको अपरेशन गर्ने क्रममा आमा र शिशु दुवैको ज्यान गएको छ । छायाँनाथ रारा नगरपालिका–१० झाकोटकी ३९ हप्ताकी ३० वर्षीया राञ्जु नेपालीले सामान्य अवस्थामा बच्चा जन्माउन नसकेपछि मुगु जिल्ला अस्पतालमा शल्यक्रियाका क्रममा गर्भवती र गर्भमा रहेकाे बच्चा दुवै जनाकाे मृत्यु भएको अस्पतालले जनाएको छ ।
घरमै व्यथाले च्यापेर गाह्रो भएपछि बिहीबार अस्पताल पुर्याइएको थियो । अस्पतालमा पनि सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने देखिएपछि चिकित्सकहरुले पतिको अनुमतिमा शल्पक्रिया (अपरेशन) गरेका थिए । अपरेशनका क्रममा गर्भवती र बच्चाको आज बिहान ९ बजे मृत्यु भएको हो ।
मृत्युपछि अस्पतालका चिकित्सक डा. कमल ढुंगानाले एक प्रेस विज्ञप्ति जारी गर्दै अपरेशका लागि ढाडबाट लठ्याउने औषधि दिँदा गर्भवती एक्कासि बेहोस् नाडी र मुटु चाल बन्द भएको र केहीबेरमै श्वासप्रश्वास बन्द हुन पुगेको जनाएका छन् ।
ढुंगनाले गर्भवतीको पाठेघारको मुख ३ सीमीभन्दा नखुलेको घर बच्चा र आमाको स्वास्थ्य खतरालाई ख्याल राखेर गर्भवती र उनकी श्रीमानको अनुमतिमै अपरेशनमा लगेको विज्ञप्तिमा उल्ल्ेख गरेका छन् । बच्चाको चाल समेत कम हुन थालेपछि अन्य अस्पतालमा रिफर गर्दा बाटैमा ज्यान जान सक्ने खतरा बढेपछि अनुमति लिएर अपरेशनमा लगेको उनको भनाइ छ ।
बेहोस भएपछि जीवन बचाउन तत्कालल गरिने कार्डियो पल्मोनरी रेस्सिटेसन प्रयोगबाट २ घण्टासम्म कृत्रिम श्वासप्रश्वासद्वारा रगतमा अक्सिजन पठाउँदा समेत उपाय नलागेको विज्ञप्तिमा उल्लेख छ ।
बचाउने कोशिस हुँदाहुँदै आमा र बच्चालाई बचाउन नसकेको उल्लेख गर्दै उनले मृत्यु दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार