लण्डनबाट नयाँ फिल्म सिद्धार्थको घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १६:४२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news519010._A3blgtF33W_7q3acYrJwp.jpg)
१९ जेठ, काठमाडौं । लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनमकुमार बैरागले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।
भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युकेबाट दिल घले र नबिन थापा निर्माता रहेका छन् ।
सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।
घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार