टिकटक रियालिटी शोको अडिसन खुल्यो
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १६:४७:३७
१९ जेठ, काठमाडौं । अमेरिका बसोबास गर्दै आएका युवाहरुको समुहले द पारा भ्वाइस टिकटक रियालिटी शो कार्यक्रम सार्वजनिक गरेका छन् । बि एन कार्गो एलएलसी अमेरिका तथा एक्सन फिल्मस काठमाडौंको संयुक्त आयोजनामा नेपालमा टिकटक रियालिटी शोको अडिसन खुल्ला गरिएको छ ।
द पारा भ्वाइस टिकटक रियालिटी शो नामकरण दीइएको उक्त कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भुटानी या नेपाली प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउने उक्त रियालिटी शोका संयोजक युवराज खत्रीले जानकारी दिएका छन् । सामाजिक संजालमा अझ विशेष गरी टिकटकमा फैलिरहेको नकारात्मक विषय वस्तुहरुलाई दुरुत्साहित गर्दै नेपाली गायन प्रतिभाहरुलाई प्रोत्साहन गर्ने गरी विश्वभरी छरिएर बसेका उर्जाशील नविनतम सकारात्मक सोच बोकेका नेपाली युवाहरुको संयोजनमा यो रियालिटी शो गर्न लागिएको आयोजक सस्था बि एन कार्गो एल एल सी अमेरीकाका संचालक बिक्रम कुँवरले बताए ।
क्षमता भएका गायन प्रतिभाहरु, जसले अवसर नपाईरहेको परिबेशमा यो रियालिटी शो कोशेढुङ्गा साबित् हुनेकुरा कार्यक्रम निर्देशक कृष्ण घिमिरेले उल्लेख गरे । उक्त रियालिटी शोमा बिजेता हुनेले १ लाख तथा गीत रेकर्डिङ गर्न पाउने छन । द्धितिय र तृतीय हुनेले क्रमश पचास हजार र बिस हजार सहित नगद, प्रमाण पत्र तथा ट्रफी प्राप्त गर्नेछन ।
अमेरिका बसोबास गर्दै आएका नेपाल र नेपाली कला, संस्कृति र भाषालाई माया गर्ने बि एन एल एल सी का संचालक तथा उक्त रियालिटी शोका कार्यक्रम निर्माताहरु नरेश पोर्तेल, बिक्रम कुँवर, पाब्लो क्षेत्री, कृष्ण घिमिरे, रोशन तामाङ्ग, अंकित श्रेष्ठ र मिस्टर गुरुङ लगाएतले आफ्नो रियालिटी शो सफल हुनेमा दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार