पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को आवेदन फारम खुल्ला
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १६:५१:५
१९ जेठ, काठमाडौं । पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।
सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०७९ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए । सहारा गु्रप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।
त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार