छात्रवासमा बालकको मृत्यु घटनाः आफन्तको आन्दोलनले नयाँबजार क्षेत्र तनावग्रस्त
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १७:३१:५६
१९ जेठ, काठमाडौं । काठमाडौंको नयाँबजारस्थित अभिषेक इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा दिनअघि एक बालकको मृत्यु भउको घटनामा आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।
यही बुधबार छात्रवासमै रहेका विद्यालयमा कक्षा ५ मा अध्ययनरत धादिङका ११ वर्षीय अभिषेक तामाङ झुन्डिएको अवस्थामा भेटिएको घटनामा बालकको हत्या भएको भन्दै दोषीलाई कारवाही गर्न उनीहरुले शुक्रबार दिउँसो सडकमा अवरोध खडा गरेर प्रदर्शन गरेका हुन् । अहिले नयाँ बजार, सोह्रखुट्टे क्षेत्र तनावग्रस्त बनेको छ ।प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई अवरोध रोक्न भनिरहेको छ ।
बजार र सडकका अवरोध हटाउने क्रममा प्रदर्शनकारी र प्रहरीसँग झडप भएको छ। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमाथि धरपकड चलाइएकाे छ ।
बालको मृत्यु शंकास्पद रहेको र प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्नुको साटो सामुसुम पार्न खोजिएको उनीहरुको आरोप छ । आफन्त नआइपुग्दै बालकको शवलाई अस्पताल पुर्याइएकोमा उनीहरुले हत्याको आशंका गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार