अब थापाथली र पशुपति बहुमुखी क्याम्पसमा विद्यार्थीलाई कागजी भौचर भर्ने बाध्यता हट्यो
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १७:३९:५०
१९ जेठ, काठमाडौं । एनआईसी एसिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पर र पशुपति बहुमुखी क्याम्पसका शैक्षिक शुल्कहरू डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ ।
बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससाग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आईडी कार्ड शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकमेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क यस बैंकको क्युआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् ।
‘मोबाइल बैंकिङ एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनोट गर्नुपर्ने हुन्छ’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘त्यस्तै बैंकको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनोट गरेर समेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ ।’ क्याम्पसमा रहेको क्युआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म यी क्याम्पसमा अध्यनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एशिया बैंकले सार्वजनिक गर्यो आफ्ना ग्राहकहरूलाई कर्जा छुटसम्बन्धी योजना
जेठ १६, २०८१ बुधबार
एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
जेठ १५, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आजदेखि महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा
जेठ १७, २०८१ बिहिबार
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम धमाधम
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
अर्मेनियामा प्रधानमन्त्रीविरूद्ध विरोध प्रदर्शन
जेठ १७, २०८१ बिहिबार