हिरासतमा रहेका १८ जनाकै बयान सकियो, थुनछेक बहस सुरू हुने
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:१७:४४
१९ जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी करोडौं रूपैयाँ असुल गरी राज्यविरुद्ध अपराध गरेको कसुरमा मुद्दामा पक्राउ परी हिरासतमा रहेका १८ जना सबै अभियुक्तको अदालतमा बयान सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जेठ १२ गतेदेखि लिन सुरु गरेको बयान शुक्रबार सकिएको हो । आज पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, भुटानी शरणार्थी नेता एवं अभियन्ता टेकबहादुर रिजाल र ललितपुरका हरिभक्त महर्जनको बयान लिइयो ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले खाण, एमाले सांसद टोपबहादुर रायमाझीसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । १२ जना अझै फरार छन् । मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबी गरिएको छ ।
बयान सकिएसँगै आउँदो आइतबारदेखि अदालतमा थुनछेक बहस सुरु हुने भएको छ । थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्ने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
बयानमा अभयुक्तहरुले इन्कारी बयान दिएपनि अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले कसुर पुष्टि हुने वस्तुनिष्ठ आधार र प्रमाण रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।
हाल हिरासतमा रायमाझी, खाण, रिजाल, महर्जन, सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजति राई, लक्ष्मी महर्जन, प्रकरणका नाइके केशव दुलाल, सानु भण्डारी, कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, सन्दीप, सागर राई, टंक गुरुङ, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी छन् ।
प्रहरीले फरारको खोजी गरिरहेको छ । खोजी क्रममा हरिभक्त र लक्ष्मी पछिल्लो पटक पक्राउ परको थिए । उनीहरु पति पत्नी हुन् । टाेपबहादुर र सन्दीप बाबु-छाेरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले भन्यो, पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बक्यौता छुट दिने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार