कुमारी बैंक र नास-आइटीबीच बैंकिङ सेवासम्बन्धि सम्झौता
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:२०:२८
१९ जेठ, काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आइटी सर्भिस कम्पनी 'नास-आइटी' सँग बैंकिङ सेवा सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले नास-आइटीमा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने छ । कुमारी बैंक लिमिटेडका वरिष्ठ उप—प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा नास-आइटीका अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । नास-आइटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ । सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनकालागि बैंक तथा संघ बीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरु माझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार