गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:५१:२४
गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु
मणि प्रसाद अर्याल
१९ जेठ, वालिङ । गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्म दिएको अस्पतालले जनाएको छ ।
वालिङ नगरपालिका वडा न ६ महिलाले शल्यक्रिया मार्फत प्रसुती सेवा प्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ठकाले जानकारी दिए । उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहजन हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको र यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताए । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेका थिए ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाइ परेको समस्या सामान्य शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको यसको यहि वालिङ गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेका थिए ।
नगरप्रमुख कृष्ण खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमा खुशी व्यक्त गरे । सबै मिलेर काम गरियो भने असम्भव केहि नहुने जिकीर गर्दै नगरबासीलाइ आफु वालिङको नगरप्रमुख निर्वाचित गराउदै गर्दा अनुहार देखाउने भन्दा पनि काममा र अनुभुतिमा देखिने र जनताको सेवकको रुपमा कुराले भन्दा कामले देखिनुपर्नेमा जोड दिदै कामबाट खानेपानिको घारमा देखिने, कुलोको पानिमा, भत्केको बाटोमा पिच भैरहेको, स्वास्थ्य समस्या समाधानको ठाँउमा मेयर देखिनुपर्ने बताए ।
नगरप्रमुख खाँणले धेरै प्रतिबद्धता गर्नु भन्दा पनि सकेसम्म जे योजना र अभियान चालिएको छ त्यो काम कामबाटै देखिनुपर्ने बताउदै आफुले पनि योजना बनाइसकेपछि यहाँसम्म पुग्यो भन्दा पनि सफल भएपछि मात्र जनतालाइ भन्दा राम्रो हुने उनको भनाइ थियो । गह्रो प्राथमिक अस्पतालका प्रमुखल मंगलबारदेखि अन्य थप अत्यावश्यक शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपन्डिक्सको पनि सेवा प्रवाह भएको जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार