एमाले सचिवलय बैठकः उपाध्यक्षहरूलाई ३२ विभागको जिम्मेवारी, सचिवहरू बने प्रदेश इन्चार्ज
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:५२:२८
१९ जेठ, काठमाडौं । नेकपा (एमाले)को आज बसेको सचिवालयको बैठक पार्टीका विभागहरुमा नेतृत्वका ेटुंगो लगाएको छ । बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३३ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ ।
योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । पूर्वाधार र विकासमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतामा रामबहादुर थापा, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानवस्रोतमा युवराज ज्ञवाली, सुशासन विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रशासनमा विष्णु पौडेललाई तोकिएको छ । एकै जनालाई विषय मिल्ने एकभन्दा बढी विभागको जिम्मेवारी दिने गरी निर्णय लिइएको हो ।
यस्तै, सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल, कर्णाली इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।
बाग्मती प्रदेश भने केन्द्रीय कार्यालयले नै संयोजन गर्ने गरी निर्णय लिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको नागरिकता विधेयक र रेशम चौधरीको आममाफी स्वीकृत अस्वीकार गर्ने निर्णय गरेको छ । विधेयक प्रमाणिकरण र आममाफीले संविधानको उल्लंघन भएको निष्कर्ष निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार