कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १०:१८:२७
२० जेठ, काठमाडौं । आज हामी बास्तु रंगका बारेमा कुरा गर्नेछौं। यी कुरालाई ध्यानमा राखेर बार अनुसारका रंग परिबर्तन गरेर लुगा लगाउनुहोस्, यसो गर्नाले तपाईको जीवनमा ठूलो परिवर्तन आउनेछ। लामो समयदेखि चलिरहेको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ।
वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने रु भन्ने बारे जानकारी दिएकी छिन् ।
अब बिलम्ब नगरी उनको कुरा सुनौ ।
पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिएकी छिन् । उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ।
यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ। यो 'कलर थेरापी' अपनाएर तपाईको मन पनि शान्त रहनेछ।
यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ।
अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखो बनाउँछ । नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ। यो रंग धेरै चिसो मानिन्छ। सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार