झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १५:५:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_1wPaBkJnik_sdpqRAtmgx.jpg)
२० जेठ, काडमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका खाँणले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानमा इन्कारी बयान दिएका हुन् ।
उनले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएको भन्दै न्यायको याचना गरेका छन् । यस कसुरमा आफ्नो संलग्नता नरहेको हुँदा अभियोग मागदाबीबाट फुर्सद दिलाइ पाऊँ भन्दै उनले न्यायाधीशसँग याचना गरेका छन् । उनले आफू धार्मिक प्रवृतिको व्यक्ति भएकाले जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे नसोचेको दावी गरेका छन् ।
बयानमा खाँणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको आरोपमा सत्यता नरहेको बताएका छन् । उनले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेट भएको भन्दै पाण्डेले लगाएको आरोप झुटो भएको जिकिर गरेका छन् । उनले कसैसँग कुराकानी र लेनदेन नभएको बयान दिएका छन् । खाँणले आङटावा शेर्पासँग कुरा नभएको र आफूले बयान फेर्न पनि नलगाएको बयान दिएका छन् । खाँणले आफूले पीडितलाई रकम फिर्ता गर्न नभनेको पनि बयान दिएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रचिएको दाबी गरेका छन् । खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
उनले बयानमा भनेका छन, ’मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो । अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन,’ खाणले अदालतमा भनेका छन्, ’मलाई फसाउने उद्देश्यले यी सबै झुटा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाई पाउँ ।’
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएकोमा पनि खाणले असन्तुष्टि जनाएका छन् । एक अभियोगमा बयान लिने र अर्को अभियोग लगाएर ’सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत’ काम गरेको उनको भनाइ छ ।
शरणार्थीसम्बन्धी गृह मन्त्रालयकका पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलको प्रतिवेदन भएको फेरबदलबारे सम्बन्धित अधिकारीहरूले जिम्मेवारी लिनुपर्ने खाणले अदालतमा बताएका छन् । शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेसमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले भनेका थिए, ’प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । तसर्थः प्रतिवेदनमा फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो । परिवर्तन सम्बन्धमा मलाई थाहा हुने कुरा भएन ।’
खाणले प्रतिवादीहरू टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकाले, टेकनारायण पाण्डेलाई सचिव भएकाले, नरेन्द्र केसी आफ्नो स्वकीय सचिव भएकाले, शमशेर मियाँलाई हज कमिटी अध्यक्ष र आङटावा शेर्पा कांग्रेस नेता भएकाले चिन्ने बाँकीलाई नचिन्ने बयान दिएका छन् । रायमाझी, पाण्डे, केसी, मियाँ र शेर्पासँग आफ्नो कुनै लेनदेन, रिसिइबी र झैझगडा नभएको पनि उनको बयान छ ।
जाहेरीकर्ता गजेन्द्र बुढाथोकीसमेत कसैलाई पनि आफूले नचिनेको खाणको भनाइ छ । ’गजेन्द्र बुढाथोकीसमेतका कुनै पनि जाहेरवालालाई म चिन्दिनँ । मैले चिन्दै नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी व्यहोरा झुट्टा हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन,’ उनले बयानमा भनेका छन्, ’ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोलकल्पित छ ।’ केशव दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङ्टावा शेर्पा टेकनारायण पाण्डे र टेकनाथ रिजालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान अदालतको इजलासमा खाणलाई सुनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार