मलाई गाली गरेर पार्टी बन्दैनः सभापति देउवा
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १५:२३:२५
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी राजनीतिको अन्तिम कार्यकालमा रहेको बताएका छन् । उनले पार्टीमा अब आफू सभापति नबन्ने भन्दै कुनै एक व्यक्तिलाई मात्र गाली गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा शनिबार उनले पार्टी ठूलो बनाउन जनतामा जानुपर्ने बताए ।
आफू सभापति पदमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवापुस्ताको पालो भएको उल्लेख गरे । पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे । पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । आफूले कांग्रेसलाई अहिले देशकै ठूलो पार्टी बनाएको पनि देउवाले दावी गरे ।
सभापति देउवाले नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको कुन सत्य कुरा भएको भन्दै गाली गरेर मात्र केही नहुने बताए । उनले सधैँ हारेको नेविसंघ जितेको छ अहिले सबै ठाउँमा जितेको भन्दै आफूले सानो पार्टीलाई ठूलो पार्टी बनाएको दावी गरे । अब यसलाई अघि बढाउन अझ लियो ढंगले लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न, पार्टी ठूलो बनाउनुस् । बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो । मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार