समृद्ध नेपाल र सुखी नेपालीको नारा हरायोः ओली
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १५:४४:५१
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपाली नारा एमाले सरकारबाट हटेपछि हराएको र दाबी गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको बताएका छन् ।
पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क गर्दै एमाले सरकारबाट हटेपछि समृद्ध नेपाल र सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता र विपक्षहरू कसैले पनि भन्ने आँट नगरेको बताए ।
ओलीले वर्तमान सत्तारुढ गठबन्धनले समृद्ध नेपाल र सुखी नेपाली नारा भन्ने आँट नगरिरहेको आरोप लगाए एमाले सरकारको नेतृत्वबाट हटेपछिका प्रधानमन्त्री, दल र नेताहरूले यो वाक्य नै भन्न नचाहेको ओलीको जिकिर थियो । उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि समृद्धिको एजेण्डा अघि बढाएको बताए ।
ओलीले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैनन् । समृद्ध नेपाल भन्ने जसको आँट छैन । समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरबपति र अर्को चाहिँ मजदुर उनीहरु दुईवटाको सम्पत्ति मिलाउँदा एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०/२० अर्ब कमाएको देखियो नि त ! कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढि त गरिब छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’
अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।
उनले भने, ‘अब हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिबी निवारण गर्नुछ । सबभन्दा फास्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा हाम्रो १७÷१८ प्रतिशत पपुलेशन अझै पनि गरिबीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेसन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ ।’
उनले गरिवीबाट मुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी रहेको बताए । अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताए । उनले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनएमबि बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग
असोज २१, २०८१ सोमबार
प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण
असोज २१, २०८१ सोमबार
चितवनको रत्ननगरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किए, एक जनाको मृत्यु
असोज २१, २०८१ सोमबार
सुनचाँदीको मूल्यमा गिरावट
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार