भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार २१:३५:३३
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण परिणाममुखी भएको बताएका छन् । चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताएका छन् ।
उनले भ्रमण विगतको भन्दा परिउणामुखी, कामकाजी,आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको बताए । भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका उनले भने ।
उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण आफूले सोचेको जस्तै मूलभुत उद्देश्य पूरा भएको बताएका छन् ।
प्रचण्डले भने, ‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा मैले सोचेको कुरा पूरा भएको छ । केही महत्वपूर्ण दूरगामी समझदारी भएका छन् । आफैंमा त्यो महत्वपूर्ण सुरुवात हो । चाहे दीर्घकालीन ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषय होस्, हामी नेपालीहरुले सुरुदेखि नै राख्दै आएको कुरा थिया । यसपटक त्यसमा सहमति बन्यो । प्रधानमन्त्री मोदीले आफैंले यो सम्पन्न भएको घोषणा गर्नु महत्वपूर्ण छ ।’
सीमा सम्बन्धी विषयमा भारतीय समकक्षीसँग खुलेर कुरा गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए । शनिबार साँझ नयाँदिल्लीबाट फर्किएपछि पत्रकारहरूसँग प्रचण्ड यस्तो बताएका हुन् । उनको यो चौथो भारत भ्रमण थियो ।
‘भारतीय प्रधानमन्त्रीसँग खुलेर यसको समाधान खोज्नै पर्छ नत्र भने नेपाल–भारत सम्बन्धलाई सहज हुनसक्दैन भनेको छु । उहाँले पनि समाधान खोजौं हामी पनि तयार छौं भनेर भन्नु भयो । सकारात्मक जवाफ मलाई मात्रै दिनु भएन प्रेस मिटमा तपाईंहरुले पनि सुन्नु भयो । सीमा विवादको विषयमा जे जति समस्या छन् सबैको समाधान खोज्ने प्रतिबद्धता सार्वजनिक रुपले व्यक्त भयो, उनले भने ।
उनका अनुसार सीमा विवाद समाधान गर्ने विषयमा भएको सहमति आफैंमा ठूलो छ । भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताए । प्रचण्डले २०१९ देखि अफ्ठ्यारो भएको नेपाल–भारत सम्बन्धमा सुधार भएको पनि बताए । साथै भारतसँग भएको पारवहन सन्धि पनि आफ्नो भ्रमणको उपलब्धि भएको उनले बताएका थिए ।
प्रचण्डले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षीसँग सकारात्मक कुराकानी भएको बताए । ‘जलविद्युत् तथा सडक जस्ता ठूलो परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थको सरल र सहज आपूर्तिको विषयमा मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग सकारात्मक कुरा गरेको छु,’ उनले भने ।
प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताए । ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।
‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।
नेपाल र भारतको राजनीतिक नेतृत्वबीच यो भ्रमणले विश्वासको वातावरण बनेको भन्दै उनले यही वातावरण सहज रुपमा अगाडि बढेमा ईपीजीको विषयमा पनि कुरा हुन सक्ने बताए । ‘‘यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वतावरणलाई सहज बनाउँदै लैजाँदादखेरि सबै चिज हुँदै जान्छ’ उनले भने ।
नेपाल र भारतबीचको सन् १९५० को सन्धिलगायतका समस्या समाधानका लागि दुई देशका प्रवुद्ध व्यक्तिहरु सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी) बनेको थियो । उक्त समूहले दुबै देशमा छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ । तर प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो, जस अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार