प्रिमियर पछि म्यानचेस्टर सिटीलाई एफए कपको पनि उपाधी
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ७:५२:१७
२१ जेठ, काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो । म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो ।
शनिबार राती वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १–० को अग्रता लिदै सो लिगको उपाधी जित्ने संकेत दिन सुरु गरेको थियो ।
उता ३३ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरे पछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे पछि सिटीले पुन अग्रता लिन सफल भयो ।
त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसक्दा खेल २–१ मा टुंगियो । सो सँगै सिटीले प्रिमियर पछि एफए कपको उपाधी उचाल्न सफल भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार