नागरिकता बिद्येयक प्रमाणीकरणविरुद्ध परेको रिट न्यायाधीश शर्माको एकल इजलासमा
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ९:५६:६
२१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथी परेको मुद्धाको रिटमा आज सुनवाइ हुदैँछ । राष्ट्रपतिले प्रमाणीकरण गरेको बिद्येयक असंबैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो । सो रिट गत शुक्रवार दर्ता भएको थियो ।
प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनवाइका लागि पेसी तोकिएको छ ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याएकी थिइन् । हालै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।
वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । राष्ट्रपतिबाट अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका बिद्येयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त बिद्येयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।
तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीले सो बिद्येयक प्रमाणित गरेकी थिइनन् । पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस–माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणीकरणका लागि दोस्रो पटक पुनः सो बिद्येयक शितल निवास पठाइएको थियो ।
त्यसपछि पनि प्रमाणित हुन नसकेको सो बिद्येयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि बिबादको घेरामा परेको छ । नयाँ संसद आइसकेको अवस्थामा पुरानो संसदले पठाएको बिद्येयक प्रमाणीकरण गरेको भन्दै संसद लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको बिरोध गरिरहेका छन् । सोही कदमको बिरोधमा शुक्रवार दर्ता भएको रिटमा आज सुनवाइ हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार