शेयर लगानीकर्ताले ब्रोकर कार्यालयहरूमा तालाबन्दी गर्ने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १०:३३:४५
२१ जेष्ठ, काठमाडौं । शेयरबजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।
विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।
आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरुमा पनि तालाबन्दी गरिने बताए । उनले भने, ‘अहिले बिहान हामी अर्थमन्त्री प्रकाशशरण महतको घरमा गएका थियौं तर त्यहाँ प्रहरीले रोक्यो । त्यसपछि हामी आएर ब्रोकरको कार्यालय तालाबन्दीमा सक्रिय भएका छौं । हामीले क्षेत्र–क्षेत्र तोकेर टोली नेताहरु खटाएर छौं।’
लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर लाताबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए ।
पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार