संसदमा एमाले सर्तः नागरिकता विधेयकमा प्रधानमन्त्रीले गल्ती स्वीकार्नुपर्ने, नत्र चल्न नदिने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ११:१३:१८
२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा पुनः अवरोध खडा गर्ने योजनामा लागेको छ । जेठ १७ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको नागरिकता विधेयक गलत मात्र नभई प्रमाणिकरणका लागि गरिएको सिफारिस नै असंवैधानिक भएको निष्कर्षमा पुगेको एमालेले आज हुने संसद बैठकमा अवरोध खडा गर्ने योजनामा पुगेको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने भएको छ । दुवै विषयमा प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा जानकारी दिनुपर्ने र माफी माग्नुपर्ने कडा सर्त अघि सारिएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरिले नागरिकता विधेयक प्रमारणिकरणका लागि सरकारको सिफारिसले संविधान मिचेको र त्यसमा राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको जिकिर गरेका छन् । यसमा सिफारिस गर्ने सरकारका प्रमुख प्रधानमन्त्रीले बैठकमा माफी माग्ने काम नभएु आइतबार प्रतिनिधिसभा (संसद) चल्न नदिने उनले बताए ।
संसदमा जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेका आव २०८०/८१ को वार्षिक बजेटमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची छ । सांसदहरुले धारणा राख्ने क्रम पूरा भएपछि जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि पारितका लागि सभामुखबाट पेस हुनेछ ।
नागरिकता विधेयक प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्केकै दिन प्रामाणिकरण भएकाले एमालेले त्यसमा भारतलाई खुशी पार्न गरिएको षडयन्त्रको रुपमा व्याख्या गर्दै आइरहेको छ । नागरिकता विधयेक प्रमाणिकरणपछि १९ गते नै राजपत्रमा प्रकाशित भइ ऐन बनेको छ ।
तर प्रमाणिकरण प्रक्रिया संविधानविपरीत भएको भन्दै प्रमाणिकरण खारेजीको मागबादीसहित अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट परेको छ । रिटमा आज सुनुवाइ हुँदैछ । ऐनले नेपालभित्र आएर बसोबास गरिरहेका भारतीयलाई नागरिकता लिन सहज हुने र यसबाट राष्ट्रियतामाथि खतरा पर्ने उसको तर्क छ ।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणअघि एमालेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुँदा संसदमा माओवादी केन्द्रका सांसद लेखननाथ दाहालले पशुपतिनाथ मन्दिरमा ज्योतिर्लिंगको जलहरी राख्ने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको संलग्नतामा सुनको साटो पित्तलको जलहरी राखेको र त्यसमा ११ केजी सुन गायब पारेर भ्रष्टाचार गरेको भनी दिएको अभिव्यक्तिको विरोध गर्दै संसद अवरुद्ध पारेको थियो । पछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अनुचित आरोप लगाइएको भनेर घुमाउरो तरिकाले माफी मागेपछि संसदको अवरोध हटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार