शेयरबजारः ४८ वटा ब्रोकरले गरे कारोबार बन्द
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ११:४५:०
२१ जेठ, काठमाडौं । बजेटमा थपिएको करको विषयलाई दिएर शेयर लगानी कर्ताहरु आन्दोलित भएका छन् । उनीहरुले कारोबार नगर्ने भन्दै ब्रोकर कार्यलय बन्द गराउन लगाएका छन् । यसले आजको शेयर कारोबार प्रभावित भएको छ ।
शेयर लगानीकर्ताले नेप्सेको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्न दबाब दिएसँगै आइतबार ४८ वटा ब्रोकरले कारोबार बन्द गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सुरुमा ६ वटा ब्रोकरले टीएमएस खोलेका थिए । तर, ११ः१५ सम्म आइपुग्दा तीन वटाले मात्र कारोबार खुला गरेका छन् ।
ब्रोकरले डाइरेक्ट नेटवर्क एक्सिस (डीएनए) नदिएपछि लगानीकर्ताले सेयर अडर गर्न मिल्दैन । पछिल्लो समय आर्थिक विधेयकमा गरिएको व्यवस्थालाई लिएर लगानीकर्ता आन्दोलनमा रहेका छ । अहिले पनि लगानीकर्ताहरू अर्थमन्त्रीसँग छलफलमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार