अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १२:१७:४३
२१ जेठ, खलङ्गा । दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गए राति गस्ती गर्ने क्रममा प्रहरीले खलङ्गास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो । राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन । उनको शव जिल्ला अस्पतालमा राखिएको छ । ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार