एमाले, रास्वपा र राप्रपाले गरे संसद बैठक अवरुद्ध
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १२:३९:२
२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), प्रतिपक्षी राप्रपा र रास्वपाले आइतबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तथा राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले राष्ट्रपति रामच्न्र पौडेलबाट हालै भएका नागरिकता विधेयक प्रमारणिकरण र हालै भएको भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली भूमि लिपुलेक भारतलाई छाड्ने गरी पूर्वी सीमातर्फ बंगलादेशसँगको व्यापारिक नाका खुलाउन भारतलाई खुशी पार्ने काम गरेर राष्ट्र हितविपरीत कार्य गरेको भन्दै संसद अवरुद्ध गरेका हुन् । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयले पनि विरोध गरेका छन् ।
यस विषयमा प्रधानमन्त्रीले संसदमा माफी नमागेसम्म संसद चल्न नदिने उनीहरुले अडान लिएका छन् । संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरुले कुर्सीबाट उठेर नाराबाजी गरिरहेका छन् । आफुहरुले उठाएका विषयमा प्रधानमन्त्री प्रचण्डको जवाफ नआएसम्म संसद बैठक अवरुद्ध क्रमलाई जारी नै राख्ने अडान लिएका छन् ।
उनीहरूले ‘देश बेच्न पाइँदैन, आमममाफी दिन पाइँदैन, नागरिकता विधेयक खारेज गर’ जस्ता नारा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार