प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १२:५६:६
२१ जेठ, काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठक एक घण्टका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै नागरिकता विधेयक प्रमाणिकरण, आमामाफीप्रति असहमित जनाउँदै बैठक अवराेध गरेका छन् ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत भूमि भारतलाई छाड्ने र भारतसँगको सीमा समस्या समाधानको विकल्प रुपमा पूर्वी सीमनातर्फ बंगलादेशसँग व्यापार विस्तारका लागि भारतसँग सम्झौता गर्ने जस्ता विषयमा संसद बैठकमा जानकारी दिइनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका छन् ।
प्रतिपक्षी दलका सांसदहरु कुर्सीबाट उठेर नाराबाजी र विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टा स्थगित हुने जानकारी दिएका छन् ।
प्रतिपक्षी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबानी गरे । बैठक स्थगित गरेर सभामुख घिमिरेले सर्वदलीय बैठक राखेर संसद बैठक चलाउनेबारे छलफल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार