प्रतिपक्षीको विरोधका कारण राष्ट्रियसभा बैठक स्थगित
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १३:३२:५४
२१ जेठ, काठमाडौं । आइतबारको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । आइतबार बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै भएको नागरिकता विधेयक प्रमाणीकरण, भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले दिएका अभिव्यक्ति लगायत विषयलाई लिएर प्रतिपक्षी दल एमलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।
एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।
यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमाले तथा अन्य प्रतिपक्षी राप्रपा, रास्वपाका सांसदहरुले कुर्सीबाट उठेर विरोध जनाउँदै राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेर बैठक चलाउन बाधा पुर्याएपछि सभामुख देवराज घिमिरेले एक् घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
अहिले घिमिरेले बैठक सुचारु गर्नेबारे सर्वदलीय बैठक राखेर छलफल चलाइरहेका छन् । विरोधी दलहरुले भने नागरिकता विधेयक प्रमाणिकरणका लागि सरकारले गरेको सिफारिस, राष्ट्रपतिबाट प्रमाणिकरण भएकाा विधेयकलाई छलफलका लागि संसदमा ल्याउनुपर्ने, भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले देशको हितविरुद्ध हुने गरी दिएका अभिव्यक्तिबारे संसद बैठकमा जानकारी दिनुपर्ने र संसदमा माफी माग्नुपर्ने अडान राखेका छन् । यही माग राष्ट्रियसभामा पनि उठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार