नक्कली भुटानी शरणार्थी मुद्दामा थुनछेक बहस सुरु
पत्रकारलाई इजलास प्रवेश निषेध
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १३:४८:२९
२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी लगायत ३० जनालाई संगठित अपराध, ठगी, राज्यविरुद्ध कसुर र सरकारी लिखत कीर्तेसहित ४ कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० मा दर्ता गराएको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा केहीबेर अघिमात्र बहस सुरु भएको हो । बहसमा उपस्थित गराउन प्रहरीले पक्राउ परेका १८ जनलाई इजलासमा उपस्थित गराएको छ । बहसका समयमा संचारकर्मीलाई इजलासमा जान बन्देज लगाइएको छ ।
मुद्दाका वादी पक्षबाट अहिले सरकारी वकिलले बहस जारी राखेका छन् । प्रकरणमा तानिएका ३० जना प्रतिवादीमध्ये खाण, रायमाझी, उनका छोरा सन्दीप रायमाझीसहित १८ जनामात्र पक्राउ परेका छन् । १२ जना फरार छन् । उनीहरुलाई इन्टरपोलमार्फ खोजीका लागि सूचना जारी गर्ने तयारीमा प्रहरी रहेको छ ।
उनीहरुविरुद्ध २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गरिएको छ । थुनछेक बहस यो साताभर चल्ने अनुमान गरिएको छ । बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा साधारण तारेख छाड्ने भन्ने आदेश हुनेछ ।
प्रहरीमा सबैले अपराध स्वीकार गरेपनि अदालतमा न्यायाधीश समक्ष दिएको बयानमा भने अस्वीकार गरेको जनाइएको छ । तर घटनाको अनुुसन्धानका क्रममा बरामद सबुद र फेला पारिएका प्रमाणहरुले अभियुक्तहरु दोषी ठहर हुने पर्याप्त आधार पुगेको वादी पक्षको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार