नक्कली भुटानी शरणार्थी मुद्दामा थुनछेक बहस सुरु
पत्रकारलाई इजलास प्रवेश निषेध
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १३:४८:२९
२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी लगायत ३० जनालाई संगठित अपराध, ठगी, राज्यविरुद्ध कसुर र सरकारी लिखत कीर्तेसहित ४ कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० मा दर्ता गराएको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा केहीबेर अघिमात्र बहस सुरु भएको हो । बहसमा उपस्थित गराउन प्रहरीले पक्राउ परेका १८ जनलाई इजलासमा उपस्थित गराएको छ । बहसका समयमा संचारकर्मीलाई इजलासमा जान बन्देज लगाइएको छ ।
मुद्दाका वादी पक्षबाट अहिले सरकारी वकिलले बहस जारी राखेका छन् । प्रकरणमा तानिएका ३० जना प्रतिवादीमध्ये खाण, रायमाझी, उनका छोरा सन्दीप रायमाझीसहित १८ जनामात्र पक्राउ परेका छन् । १२ जना फरार छन् । उनीहरुलाई इन्टरपोलमार्फ खोजीका लागि सूचना जारी गर्ने तयारीमा प्रहरी रहेको छ ।
उनीहरुविरुद्ध २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गरिएको छ । थुनछेक बहस यो साताभर चल्ने अनुमान गरिएको छ । बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा साधारण तारेख छाड्ने भन्ने आदेश हुनेछ ।
प्रहरीमा सबैले अपराध स्वीकार गरेपनि अदालतमा न्यायाधीश समक्ष दिएको बयानमा भने अस्वीकार गरेको जनाइएको छ । तर घटनाको अनुुसन्धानका क्रममा बरामद सबुद र फेला पारिएका प्रमाणहरुले अभियुक्तहरु दोषी ठहर हुने पर्याप्त आधार पुगेको वादी पक्षको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
प्रकाशमानसिंह राउत सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त
असोज २०, २०८१ आइतबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार