राष्ट्रियसभा बैठकः पूूर्वसांसद पाण्डेको निधनमा शोक प्रस्ताव पारित, अर्को बैठक सोमबार
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १४:५:४२
२१ जेठ, काठमाडौं । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
आजै बसेको पहिलो बैठकमा प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग राखेर अवरुद्ध गरेको थियो ।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित गरेका थिए । पछि दोस्रो पटक बसेको बैठकबाट निधनको शोकमा एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरिएकाे हाे ।
दोस्रो बैठक अन्य कार्यसूचीमा प्रवेश नै नगरी शोक प्रस्ताव पारित गरेर भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार