आर्थिक विधेयकमा शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थ मन्त्रालय

नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १४:३६:४७

२१ जेठ, काठमाडौं । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए ।
लगानीकर्तासँगको छलफलका क्रममा अर्थमन्त्रालयका अधिकारीले साविक कार्यान्वयनमा रहेको पुँजीगत लाभकर नै अन्तिम रहेको बताए । छलफलपछि मन्त्रालयले एक सूचना जारी गर्दै उक्त विषयमा थप स्पष्ट पारेको छ ।
‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिममै कानुनी व्यवस्था कायम रहेको छ, मन्त्रालयको सूचना भनिएको छ, त्यस्तो कारोबारबाट भएका लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा साँढे सात प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’
पुँजीबजारका लगानीकर्ताले विरोध जनाउन थालेपछि यसअघि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नभएको भन्दै सूचना जारी गरेको थियो । एक वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आम्दानीमा पाँच प्रतिशत र एक वर्षभन्दा बढी समय स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आयमा साढे सात प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।
आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समय : केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदहरुको ध्यान
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समय : केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदहरुको ध्यान
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार