सानिमा रिलायन्स लाइफको उत्कृष्ट अभिकर्तालाई अवार्ड
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १५:१६:५४
२१ जेठ, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी गाभिएपछि बनेको सानिमा रिलायन्स लाइफले चावहिल क्षेत्रका झण्डै ३ हजार अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम गरेको हो ।
‘खुलेर जिऔं’ नारा अघि सारेको कम्पनीकाे यस क्षेत्रीय कार्यक्रममा उत्कृष्ट १० अभिकर्तालाई सम्मान गरिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमाससम्म सबैभन्दा बढि बिजनेश भित्र्याउने चाबहिल क्षेत्रका उत्कृष्ट १० जनालाई कम्पनीका सिइओ शिवनाथ पाण्डेले अवार्डसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा कम्पनीका नायब कार्यकारी अधिकृत (डिसिईओ) निराजन कँडेल, डिजिएम चुडामणि चापागाई, क्षेत्रीय प्रबन्धक नरेश थापा, चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठलगायत शाखा प्रमुख तथा अभिकर्ताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै सीईओ पाण्डेले बीमा ब्यवसायको विस्तार र विकासमा अभिकर्ताहरुको योगदान उच्च रहने र अभिकर्ताबिना कम्पनीले आफ्नो प्रगति सोच्न समेत नसकिने बताए । आगामी दिन अभिकर्ताहरुले थप मेहनत गर्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार