स्वीडेनले सेक्स च्याम्पियनसिप प्रतियोगिताको आयोजना गर्ने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:३:५३
२१ जेठ, एजेन्सी । युरोपेली मुलुक स्वीडेनले सम्भवत संसारकै पहिलो पटक फरक किसिमको खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । समाचार एजेन्सीका अनुसार स्वीडेनले सेक्स च्याम्पियनसिप प्रतियोगिताको आयोजना गर्ने भएकाे हाे ।
संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।
तपाईलाई यो समाचार सुन्दा र पढ्दा पत्याउनै मुस्किल पर्छ होला तर यो सत्य हो । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ । समाचार एजेन्सीका अनुसार ८ जून अघि नै युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको पनि आयोजना गर्ने बताइएकाे छ ।
यो प्रतियोगितामा दैनिक ६ घण्टा प्रतिस्पर्धा हुने ‘स्विडिस सेक्स खेल महासंघ’ले जनाएको छ । यो प्रतियोगिता केही हप्तासम्मै संचालन हुने पनि बताइएको छ । एजेन्सीहरुका अनुसार प्रतिस्पर्धीहरुले आफ्ना खेल खेल्न वा क्रियाकलापका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय उपलब्ध गराइने जनाइएको छ ।
प्रतियोगितामा तीनजना निर्णायकका साथै दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिने जनाइएको छ । अहिलेसम्म यो प्रतियोगिताका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइएको बताइएको छ ।
सेक्सलाई मान्यता दिनु अत्यावश्यक रहेकै कारण यसलाई खेलको मान्यता दिइएको स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकले प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट
बैशाख २१, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार