रेशम चौधरीको सजाय माफीविरुद्धकाे मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:८:१
२१ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा जेठ १४ मा सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद सजायमा आफमाफी पाएर थुनामुक्त भएका टीकापुर घटनाका दोषी कैलालीका रेशमलाल चौधरीलाई थुनामै राख्नुपर्ने माग गर्दै परेको मुद्दा आज ‘हेर्न नभ्याइने’मा राखिएको छ ।
पीडित शारदा कडायत बोहराले गत मंगलबार दर्ता गराएकी मुद्दामा सुनुवाइका लागि आइतबार न्यायाधीश सुष्मालत्ता माथेमाको एकल इजलासमा २० नम्बरमा पेसी चढेको थियो ।
२०७२ भदौ ७ मा कैलालीको टिकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टर केशव बोहरासहित ७ प्रहरी र नाबालक टेकबहादुर साउदसहित ८ जनाको हत्या गरिएको घटनामा मृतक इन्स्पेक्टर बोहराकी पत्न शारदाले चौधरीलाई आममाफी दिने सरकारको निर्णय कानूनविपरीत भएको भन्दै जेलमै राख्नुपर्ने माग दाबीसहित दायर गराएकी थिइन् ।
सो घटनामा जिल्ला अदालत कैलाली, चौधरीसहित ४ जनालाई जन्मकैद, बाँकी १९ जनालाई फरक फरक कैद सजाय तोकिएको छ । तीमध्ये चौधरीलाई सजाय माफीमार्फत रिहा गराइएको थियो । निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी भएमा चौधरीको माफी रद्द हुनेछ ।
यसअघि गएकाे बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेकाे थिएन । ‘हेर्न नभ्याइने’मा राखिएकाे थियाे ।
मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा जन्मकैद सजाय (२५ वर्ष) काटिरहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहाका लागि गरिएको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी सजाय मिनाहा भएपनि चौधरी जेठ १५ मा थुनामुक्त भइसकेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले मिनाहापछि झन्डै १५ वर्ष सजाय माफी पाएका छन् ।
टीकापुर घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट २३ जना दोषी ठहर भएका थिए । तीमध्ये चौधरीसहित ४ जनालाई जन्मकैद र बाँकीलाई फरक फरक सजाय भएको थियो । उनले रिहा लगत्तै बाँकी कैदीलाई आगामी असोज ३ मा संविधान दिवसमा रिहा गरिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार