नागरिकता विधेयक संसदमा छलफल नगराउनु प्रक्रियागत त्रुटि : प्रदीप पौडेल
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:४९:५९
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयकलाई नयाँ संसदमा ल्याएर छलफल नगराई प्रमाणिकरण गर्नु प्रक्रियागत त्रुटि भएको बताएका छन् ।
एमाले लगायत प्रतिपक्षीहरुको अवरोधका कारण आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले नयाँ संसद बनिसकेको अवस्थामा अघिल्लो संसदबाट प्रमणिकरणका लागि तत्कालीन राष्ट्रपतिसमक्ष पेस प्रमाणिकरण नगरी भई थन्क्याएरहेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले सरकारको सिफारिसमा प्रमणिकरण गर्नु प्र्रक्रियागत त्रुटि भएको बताए ।
‘विधेयक पहिलेकै भएपनि अहिलेको संसदमा दर्ता गराएर सांसदहरुबीच छलफल गराउनु पथ्र्यो’ पौडेलले भने, ‘त्यसो नगरीकन अघिल्लो संसदका सभामुखले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका विधेयकलाई प्रमाणिकरणका लागि सरकारले सिफारिस गर्ने, त्यसैलाई आधारमा बनाएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित गरिनु त्रुटि भएको छ ।’
उनले प्रतिपक्षी दलहरुले विधेयकका विषय ठीक वा बेठीक भन्दा पनि ऐन बन्नका लागि अपनाइनुपर्ने प्रक्रिया गलत भएको भनी उठाइरहेको माग नजायज नभएको उनले बताए । विधेयकलाई एमालेका अध्यक्ष तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नभएको मौका पारेर अध्यादेशमार्फत ल्याएको स्मरण गर्दै संसद चलेको बेला राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि प्रक्रियाबाट पठाउनुपर्ने उनले बताए ।
जेठ १५ मा मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा सरकारले गरेको सिफारिसका भरमा प्रमाणिकरण गरिनु गलत भएको उनको भनाइ छ । जेठ १७ मा राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणिकरण भई १९ गते राजपत्रमा प्रकाशित भई ऐन बनिसकेको छ । ऐन बनेसँगै चौतर्फी विरोध भइरहेको छ । संशोधित विधेयकले विदेशी नेपाली नागरिकता दिने छुट भएको भन्दै विरोध भएको हो ।
आइतबारको बैठकमा एमाले, रास्वपा र राप्रपाका सांसदहरुले बैठक सुरु भएलगत्तै गम्भीर विषयमा प्रधानमन्त्री जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी लगाएर बैठक अवरोध गरेका थिए ।
अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि स्थगन गरेका बैठक संसद सचिवलायले सूचना टाँस गरी सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डबाट जवाफ नआएसम्म बैठक चल्न नदिने अडान लिएकाे छ । संसद भवन परिसरमा संचारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै एमालेका संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र भूमिका रक्षाका लागि संसद बैठक अवरुद्ध हुनु जायज भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
नेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार