अमिताभ र धर्मेन्द्रकी 'अनस्क्रिन आमा' सुलोचनाको निधन
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १०:५०:४७
२२ जेठ, मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राती निधन भएको छ ।
गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन् ।
बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनका अनस्क्रिन आमाको रुपमा अभिनय गरेर चर्चा पाएकी थिइन् । उनको वास्तविक नाम नगाबाई थियो । प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उनलाई सुलोचना नाम दिएका थिए ।
उनले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गरेकी थिइन् । करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अभिनय गरिन् । यी फिल्ममा उनको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो । उनले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गरिन् ।
सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनील दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन् । उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन् । सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो ।
उनले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश ‘ र ‘आजाद’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् । सन् २००७ मा रिलिज फिल्म ‘परीक्षा’ उनको अन्तिम फिल्म थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार