रावा इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ११:७:०
२२ जेठ, काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज सोमबार जेठ २२ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइृपीओ बिक्री खुला गरेको हो । यसले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गरेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता शेयर जारी गरेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता शेयर छुट्याइएको छ ।
बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार जेठ २१ गतेसम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६ हजार ४०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४।८९ गुणा बढी आवेदन हो । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार