गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ११:१६:५
२२ जेठ, काठमाडौं । रौतहट सदरमुकाम गौरमा नरसंहार भएको १६ वर्षपछि घटनाबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । नरसंहार विरुद्धको रिट सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशमा परेको छ । पीडित परिवार र आफन्तका तर्फबाट आइतबार त्रिभुवन साहले दायर गरेको रिटमा नरसंहारका दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरिएको छ ।
सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । अन्तिम नम्बरमा परेकाले आज नभ्याइनेमा पनि पर्नसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।
शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौर स्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।
सो घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादव माथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरू सर्वोच्च अदालत पुगेका हुन ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा छानबिन नभएपछि पीडित परिवार र आफन्तले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत निकायलाई विपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाइ हुन लागेको हो ।
तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेका थिए । त्यस क्रममा हिंसात्मक झडप हुँदा २७ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार