७ वटा दस्तावेजमा हस्ताक्षर आदान प्रदान, तीन महिनाभित्र पञ्चेश्वरको डीपीआरः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १२:४२:८
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् । उनले तीन महिनाभित्र पञ्चेश्वरको डीपीआर र एक वर्षभित्र लगानी मोडालिटीमा सहमति भएको संसदलाई जानकारी दिएका छन् ।
सोमबार संसदमा उनले भारत भ्रमणका क्रममा बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी भएको जानकारी दिए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर तयार गर्ने समझदारी भएको र डीपीआर स्वीकृतिपछि एक वर्षभित्र लगानीको मोडालिटी तयार पार्ने समझदारी भएको बताए ।
उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामार्फत १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, ठूलो भूभागमा सिँचाइ उपलब्ध गराउनेसहितका उद्देश्य राखेको आयोजना सधैँ परियोजना विकास र निर्माण सुरु गर्ने समझदारीमा सीमित हुँदै आएको बताए ।
बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृत जाँच चौकीको शिल्यान्यास भएको, एकीकृत जाँच चौकी, क्वारेन्टाइन सेवा विस्तार भएबाट ब्यापार विस्तार, अनाधिकृत व्यापार रोक्न सहज हुने तथा गुणस्तरीय वस्तुको आयोत विस्तार हुने विश्वास व्यक्त गरे ।
यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको निर्माणकार्यको शिल्यान्यास गरिएको र त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्ने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले बुटवल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइनको पनि शिल्यान्यास भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार
भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुटो हल्ला
जेठ १५, २०८१ मंगलबार