प्रधानमन्त्री भैंसी चढेर आएको भन्ने शब्दले संसदमा तनाव
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १३:२८:४५
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउने विषयले संसदमा तनाव देखिएको छ । सांसदहरु यस विषयमा अराजक देखिएका छन् । उनले यो विषयमा सात वर्ष अघि नै कुरा भएको उनले जानकारी दिएका थिए । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बारेमा जानकारी दिने क्रममा भैंसीको प्रसङ्गबारे कुरा उठाएका थिए ।
यो भैसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा होहल्ला भएको छ । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री भैँसी चढेर आउनु भएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गरेका थिए । तर एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरुले उठेर प्रतिवाद गरेका थिए । एमाले सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए ।
संसदमा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले ’भैसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।तर यो हटाउन भनेपछि एमाले रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकोले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरेका थिए ।
रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयं भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताए । सांसदहरुले उठेर सभामुखलाई बोल्नका लागि समय माग्दा कम भएको गुनासो पनि आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार