सर्वोच्चद्धारा नेकपाका नेता ओलीको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
इन्द्र रिजाल
चैत २७, २०७५ बिहिबार २:१०:५७
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
उनलाई साधारण तारेखमा छाड्नुपर्ने मागसहितको रिट ओलीको छोरी विपनाले सर्वोच्चमा दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अस्वीकृत हुने फैसला गरेको हो ।
विपना ओलीले २३ चैत मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । ललितपुर जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि दुई पटक म्याद थपका लागि समय दिइसकेको छ । ओली पुर्पक्षका लागि थुनामै रहनेछन् ।
ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । एनसेलको टावर विस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले ओलीमाथि अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानन्यायाधीश र राजदूतमा सिफारिस भएकाविरुद्ध परेका उजुरी आज खोलिने
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी
असोज १४, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
कुसुम भट्टराई
असोज ११, २०८१ शुक्रबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
असोज १४, २०८१ सोमबार
नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल
असोज १४, २०८१ सोमबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
असोज १४, २०८१ सोमबार
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार