मेनपावर र दलालको अवैद्य धन्दा: महिलालाई “हाउसमेड” भन्दै बच्चा जन्माइदिन पठाउने गरेको खुलासा !
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १६:५९:४९
२२ जेठ, काठमाडौं । खाडीका विभिन्न मुलुकमा “हाउस मेड”का रुपमा महिला कामदार पठाउन वैदेशिक रोजगार विभागले त्यसरी जाने कामदारको सुरक्षाका लागि विभिन्न शर्त तेर्स्याइ दिएपछि यति बेला नक्कली कागजातका आधारमा दिल्ली, मुम्बई र चेन्नाईबाट हाउस मेडका रुपमा महिला कामदार “सप्लाई” गर्न थालिएको छ ।
स्रोतको त यो सम्म दावी छ कि खाडीमा हाउस मेडका रुपमा पठाइने महिला कामदार मध्ये केही निःसन्तान दम्पतीका लागि बच्चा जन्माइदिन मञ्जुर भएर जाने युवती पनि छन् । यसरी बच्चा जन्माइदिन जाने महिला कामदारले दुई वर्षसम्म हाउस मेडका रुपमा गए पनि घरेलु कामदारकै भूमिका भने निर्वाह गर्नु पर्दैन ।
उनीहरूले घर मालिकलाई सन्तान दिएर फर्कनु पर्ने हुन्छ । त्यस्ता महिलाले यस्तो काम गरेवापत राम्रै आर्थिक लाभ पनि पाउने गरेका छन् । भविष्यमा बच्चा दावी गर्न वा अन्य कुनै कानुनी अधिकार खोज्न समेत खाडी मुलुकको कानूनअनुसार सजिलो नभएकाले रोजगारदाताले सुरक्षित र सजिलो उपाय यसलाई मानेका छन् ।
निःसन्तान दम्पतीले सेरोगेसी पद्धतिबाट बच्चा जन्माउन चाहँदा विदेश र नेपालमै पनि ठूलो आर्थिक लगानी गर्नु पर्ने हुन्छ । त्यसमाथि पनि नेपालमा सेरोगेसी पद्धति अवैद्य छ र पनि ठूला अस्पतालले मोटो कमाइकै लागि गोप्य ढंगबाट सेरोगेसी पद्धति सञ्चालन गरिरहेका हुन्छन् । यो जानकारी सम्बन्धित सबै पक्षलाई भए पनि तैँ चुप मै चुपको अवस्था छ ।
तर, खाडी मुलुकका मुसलमान समुदायले सेरोगेसी पद्धतिलाई धार्मिक रुपले पनि स्वीकार्न चाहन्नन् ।उनीहरूमाथि बहुविवाह प्रथा भने बाधक छैन । त्यसैले बच्चा जन्माउन इच्छा अनुसार विवाह गर्न रोक तोक हुन्न । तापनि वैवाहिक जीवनको सफलताका लागि पछिल्लो समय आफ्नो जीवन पार्टनरसँगको सहमतिमा अनुसार चल्ने गर्छन । यसका लागि बच्चा जन्माउन स्वास्थ्यका दृष्टिले असक्षम महिलाले 'साँप पनि नमर्ने लाठी पनि नभाँचिने' भने झैँ घरेलु कामदारका रुपमा महिलालाई भित्र्याएर आफ्नो लोग्नेको तर्फबाट बच्चा प्राप्त गरि दिनका लागि उक्त सम्बन्धलाई स्वीकार गर्न तयार हुन्छन्, साथै खुशी पनि ।
बस् ! ई वर्ष खाडीमा घरेलु कामदारका लागि गएकी महिला १० महिनामा बच्चा जन्माइदिएर त्यो बच्चा हुर्किसकेपछि त्यहाँबाट फिर्ता हुन्छिन् । यसै पनि हाउस मेडमा जान तयार महिला आर्थिक रुपमा कमजोर नै हुन्छन्, त्यसमाथि पनि कामै नगरी त्यो भन्दा बढी सुविधा प्राप्त हुने भएपछि त्यसरी जाने महिला पनि खुशी नै हुन्छन् ।
स्रोतले गरेको दावी अनुसार यहाँनेर हाउस मेडका रुपमा बच्चा जन्माइदिने शर्तसहित जाने महिलाले भन्दा त्यो व्यवस्थापन मिलाइदिने मेनपावर कम्पनी वा दलालले मोटो रकम रोजगारदाताका तर्फबाट प्राप्त गर्ने गरेका हुन्छन् । त्यसरी एउटै महिला पठाउँदा दशौं कामदार पठाउँदा बराबरको आम्दानी हुने र पठाइएका महिलाबाट पनि कुनै गुनासो नआउने र भविष्यमा पनि समस्या नपर्ने ठम्याइ मेनपावर सञ्चालक र दलालको हुने गर्छ ।
स्रोतका अनुसार बच्चा जन्माइदिन राजी हुने महिला मात्र त्यसरी पठाइने गरिन्छ । हाउस मेड भनेर पठाइने अनि उता पुगि सकेपछि बच्चा जन्माइदिने प्रस्ताव आएको खण्डमा अस्वीकार गर्न सक्ने भएकाले यतैबाट रोजगारदाताको इच्छाअनुसार नै युवती खोज्ने, उनीहरूलाई आकर्षक प्रलोभन देखाउने सबै काम मेनपावर सञ्चालक वा दलालबाट हुने गर्छ ।
यसरी पठाइएका महिलाबाट कुनै गुनासो कहीँ कतै आउने नगरेको स्रोतले बतायो । अप्रेशन गरी बच्चा झिकिने भएकाले बच्चा जन्माइदिएको पनि कसैले चाल नपाउने भन्दै स्रोतले भन्यो, 'कति अविवाहित महिला पेट चिरेको दाग लिएर बच्चा उतै छाडेर फर्किने गरेका छन् । खाडीबाट फर्केकाहरूको शरीर बारे चासो राख्दा यो काण्ड प्रष्ट हुन्छ ।'
नेपालका आधा दर्जन बढी मेनपावर कम्पनी यस्तो धन्दामा क्रियाशील रहेको स्रोतले बतायो । यस्तो धन्दामा क्रियाशील अधिकांश व्यवसायी 'मेनपावर राजनीति' गर्ने नेता समेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार