संसदमा ओलीको प्रश्न : ‘हाम्रो भूमिबाट भारतीय फौज हट्नुपर्छ भन्न नपाउने ?’
‘प्रधानमन्त्रीको भारत भ्रमणकाे खास उप्लब्धि १५ वटा मुर्रा राँगा’
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १६:१८:१०
२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमि कालापानी र लिपुलेकमा बसिरहेको भारतीय फौज तत्काल हट्नुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको कामकारवाहीबारे प्रमुख प्रतिपक्षी दलको तर्फबाट धारणा राख्दै यस्तो बताएका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले फितलो व्यवहार प्रस्तुत गरेको उनको धारणा थियो ।
भ्रमणमा नेपाली भूमि दार्चुला जिल्लाको कालापानी लगायत भूभागमा भारतले वर्षौेंदेखि राखिराखेको सुरक्षा फौजलाई तत्काल फिर्ता गरेर खाली गर्न खुलस्त कुरा राख्न नसकेका उनको आरोप छ । साथै भ्रमणमा विभिन्न तह र चरणमा वार्तामा मन्त्री, सचिव नराखेको भन्दै आलोचना गरे ।
‘हाम्रो देशभित्र (कालापानी)मा अन्तर्राष्ट्रिय कानूनविपरीत भारतले आफ्नो फौज ल्याएर राखेको छ भनेर भन्न नपाउने ? हामीमाथि परेका अन्याय र समस्याबारे भारतले भन्न किन हिच्किचाउने ?’ ओलीले भने, ‘आफूमाथि परेको अन्यायबारे भारतलाई भन्नैपर्छ, यो फौज हटाउनुस् भन्नु पर्छ ।’
‘कालापानीमा महाकालीको सक्कली मुहानभन्दा १५२ मिटर नेपालतर्फ आएर नक्कली कुलो खनेर महाकालीको मुहान भनेर बनाएको छ’ ओलीले भने, ‘के यो कुरा मान्ने ? कदापि मान्न सकिँदैन, प्रधानमन्त्रीले आफ्नो भ्रमणमा यो कुरा राख्नु सक्नु भएन, यसकारणले पनि भ्रमण फितलो भयाे ।’
खुलेर कुरा गर्दा भारतले यसअघि धेरै स्थानबाट सुरक्षा फौज र पोष्ट हटाएको दृष्टान्त रहेको उनले बताए । उनले प्रधानमन्त्रीतर्फ हेर्दै पटकपटक भ्रमण ‘फितलो’ र ‘प्रोटोकल समेटिएको’ बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार