भारतको चिकेन नेकको भूमिसँग नेपालको भूमि सट्टापट्टा गर्ने प्रचण्डको हावादारी प्रस्ताव
सुरेश आचार्य
जेठ २२, २०८० सोमबार १७:०:२७
नेपाल “भारतीय संघ” को सदस्य बन्न राजी भयो भने मात्रै रणनीतिक महत्वको पूर्वी नेपालसँग सटेको भारतीय भूमि “चिकेन नेक” बाट भारतले नेपाललाई पारवहन मार्गका लागि जमिन देला, अन्यथा त्यो २० किलोमिटर सोतोको सार्वभौमिकता भारतले नेपाललाई कहिल्यै दिँदैन ! यो मूर्खले गर्ने अपेक्षा हो !
त्यो चिकेन नेकको सार्वभौमिकता नेपालसँग सट्टापट्टा गरे भारत दुई फ्याकमा विभक्त हुन्छ ! पूर्वी पाकिस्तान (हालको बंगलादेश) र हालको पाकिस्तान २०२८ सालसम्म एउटै मुलुक थिए, तर पाकिस्तानलाई कमजोर पार्न बीचमा भएको भारतले नै एकीकृत पाकिस्तानलाई दुई देश बनाउनमा ठूलो भूमिका खेलेको हो ! अब यो इतिहास रहेको भारतले नेपाललाई माया गरेर आफ्नै खुट्टामा बन्चरो हान्दैन !
जुन दिन भारतले चिकेन नेकको सार्वभौमिक अधिकार नेपाललाई सुम्पिन्छ, त्यो लगत्तै पूर्वोत्तर क्षेत्रका ७ राज्यहरू (सेभेन सिस्टर्स) मा स्वतन्त्रताको आन्दोलन तीव्र हुन्छ, जसले समुच्चा भारतमै विखण्डनको प्रक्रिया सुरू हुन्छ भनेरै भारत चिकेन नेक बारे उहिलेदेखि नै “पोजेसिव” भएको हो !
एउटा भारतीय विश्लेषकको अंश पढ्नोस्ः The corridor is very much crucial to India, as there are major connectivity linkages such as roads and railway networks that run through the corridor. These networks are vital in connecting the northeast to India and sustaining the armed forces posted in the North East, which provides and will provide significant security assurance in terms of future growing tensions and hostilities between India and China.
China has enjoyed a considerable rise not just in terms of economy but also in terms of their soft and hard power implications. So, if under any circumstance, China ever blocks off the corridor, it will have a catastrophic impact on India. This will disconnect the region from India's entirety and cut off the supply lines and reinforcements reaching the area, impairing India in times of any form of confrontation.
This will also cut-off India’s supervision in the region and lay the ground for further insurgent and separatist movements. As a result, the geostrategic and geopolitical importance of the Siliguri Corridor is unmistakably significant in terms of India.
यो विश्लेषणमा अर्को कुरा छुटेको छ, भारतको सुदूर उत्तर पूर्वी क्षेत्रको दिब्रुगढ र तिनसुकियाबाट बिहारको बरौनी रिफाइनरीसम्म कोइला र तेल यही बाटोबाट आपूर्ति हुन्छ ! यो आपूर्ति लाइनमा सानो अवरोधले पनि भारतमा हाहाकार हुने भारतको विश्लेषण रहँदै आएको छ !
चिकेन नेकमा संभाव्य चिनियाँ आक्रमणलाई ध्यानमा राखेर अत्याधुनिक देशभरीका ३६ वटा मध्ये १८ वटा “डासल्ट राफेल” नामक बमबर्षक लडाकू विमानहरूसहित भारतमै ठूलो हासिमारा एयर बेस यही चिकेन नेकमा छ ! त्यसका अलवा नजिकैको सुकनामा हजारौं सेना र सयौं बख्तरबन्द गाडीसहित ३३ त्रिशक्ति सैन्य हेडक्वार्टर रहेको छ !
यस्तै ४०० किमी र २९० किमी अर्थात् चीनसम्मै “फायर” गर्ने क्रमशः “एयर टु एयर” र “ल्याण्ड टु ल्याण्ड” मार हान्ने सयौं “ब्रहस्त्र क्षेप्यास्त्र” हरू तैनाथ गरिएको छ ! S-400 र MRSAM नामक रसियन “ल्याण्ड टु एयर” मिसाइलका २ वटा रेजिमेन्टहरू पनि भारतले यही राखेको छ ।
यस्तै चीनको संभाव्य अतिक्रमणलाई लक्षित गरी आकाश एयर डिफेन्स सिष्टम समेत जडान गरेको छ । चिकेन नेकको बागडोगरा र जलपाइगुडी, झोरहाट, सिल्चर, अगरतला, दरभंगा, सिलोंग, दिब्रुगढ, व्यारेकपुर, गुवाहटी सहित उत्तरपूर्वी राज्यहरूमा मात्रै कूल भारत भरका ६४ वटा मध्ये १६ वटा एयर बेस यही छन् !
डोक्लाममा चीनले रणनीतिक सडक निर्माण गरेपछि यही चिकेन नेकको रक्षाका लागि ४ वर्षअघि भारतले चीनका विरुद्ध हजारौं सेना परिचालन गरी चीनलाई डोक्लाम (जुन चीनमै पर्छ) मा सडक बनाउन रोकेको थियो !
स्मरणीय छ, ५१ वर्ष अघि दुई पटक चीन र भारतबीच यही क्षेत्रमा पूर्ण स्तरको युद्ध नै भएको थियो, र चिनी सेना अरूणान्चल प्रदेशको बमडिंगासम्म आइपुगेको थियो ! यी सबै कारणले गर्दा भारतले चिकेन नेकको जमिन नेपालसँग सट्टा पट्टा गर्ने कुरा बहुलठ्ठी प्रस्ताव मात्र होइन, यसले लिम्पियाधुरालगायत, लिपुलेक र कालापानीमाथि नेपालको दावीलाई झनै कमजोर पार्दछ ! अन्ततः पश्चिमी सीमावर्ती नेपालको भूमि भारतलाई सदाको लागि छोड्ने आशय, नियत र पूर्व तैयारीका साथ प्रम प्रचण्डले चिकेन नेकको जमिन सट्टा पट्टाको प्रस्ताव फ्याकेका हुन् !
यो पनि नेपालका प्रधानमन्त्रीलाई संसद र जनमतको स्वीकृति बेगर नेपालको जमिन विदेशीलाई दिने कुनै अधिकार छैन ! नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमाथि गम्भीर आघात पुऱ्याउने जुन काम प्रधानमन्त्रीले गर्नु भएको छ, त्यस्तो हरकतका लागि उहाँलाई सत्तामा बस्ने अधिकार छैन !
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार