राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १७:४३:४८
२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सुझाव मागेको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गर्ने गर्छ । यसैका लागि राष्ट्र बैंकले मौद्रिक नीतिसँग सम्बन्धीत आफ्नो राय÷सुझाव उपलब्ध गराउन आह्वान गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय÷सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनले राष्ट्र बैंकलाई आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने अधिकार दिएको छ ।
यस्तै वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने जिम्मेवारी ऐनल राष्ट्र बैंकलाई दिएको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार बैंकिङ तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने कार्य पनि राष्ट्र बैंकको हो । यी उदेश्यमा प्रतिकूल असर नपर्ने गरी नेपाल सकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पु¥याउने उदेश्य राष्ट्र बैंकको ऐनमा उल्लेख छ ।
ऐनको उदेश्य अनुसार बाह्य क्षेत्र र मूल्य र वित्तीय स्थायित्वमा असर नपुग्ने गरी बजेटमार्फत सरकारले लिएको नीति कार्यान्वयनमा सहयोगि हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गर्छ । मौद्रिक नीति तर्जुमा कार्यविधिले मौद्रिक नीति सञ्चालक समितिबाट वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार