म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार ११:३५:२८

२३ जेठ, खोटाङ । म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।
३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका–बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो । ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए । प्रदेश सांसद भुपेन्द्र राईको निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट पुगेका छन् । बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।
एमरएस कालिका–बेदांसी जेभीले ३३ महिनामा भ्याट र पिएस सहित १९ करोड १८ लाख ४१ हजार चार सयमा सक्नेगरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो । तत्कालिन परराष्ट्र मन्त्री डा। नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो ।
पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहिन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताए ।
‘निरन्तरको दबाब पश्चात बंशिलाघाटको पुल निर्माण शुरु भएको छ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हेरौं, कसरी ढिला सुस्ती हुँदोरहेछ १ काम नगर्नेलाई काम पुर्याउन हामीलाई राम्रैसँग आउँछ ।’
बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीरकोट नगरपालिकनद्धारा दुई सडकलाई प्राथमिकता
असोज १४, २०८० आइतबार
कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित
असोज ९, २०८० मंगलबार
हुम्लाकाे हिल्सा-सिमिकोट सडक निर्माण गर्न चीनसँग सम्झाैता
असोज ८, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार